Aug 23, 2013

स्मरण शक्ति बढाउनुहोस !!!!!!

रत्न माध्यमिक बिद्मालय झडेवा, पाल्पा




  • तपाईको दिमागको स्मरण शक्ति बढाउनका लागि एक पटक प्रयास गरी हेर्नुहोस अनि साच्चै ,स्मरण शक्ति बढाउनुहोस  !!!!!!
मोहन बि.क/पोखरा
सबैले आ-आफ्नो स्मरण शक्ति बढाउन चाहन्छन् । तर यो कसरी बढ्छ मागेर कि घोकेर ? पढेर ? परिश्रम गरेर ? यो जन्मजात गुण हो कि आर्जित ? यस्ता प्रश्नहरू मनमा उठ्छ नै । कुनै पनि व्यक्तिको स्मरण शक्तिमा धेरै कुराले प्रभाव पारेको हुन्छ । मानिसले चाहेको खण्डमा यसलाई बढाउन वा सुधार्न सकिन्छ ।

मनको कल्पना र पुनः स्मरण गर्ने शैली:-
स्मरणमा शक्ति राम्रो भएका व्यक्तिहरूमा यो गुण हुन्छ, यो विधिअनुसार स्मरण गर्दा स्मरण गर्नुपर्ने कुरालाई कुनै विषयसँग वा घटनासँग अन्तरसम्बन्ध कायम गरिन्छ । जस्तै- शरीरका भागहरू बाटो, रूखका भागहरू आदिसँग स्मरण गर्नुपर्ने कुराका बुँदाहरू अन्तरसम्बन्ध गराइन्छ । मानौं एउटा पाठमा भएका दसवटा चीजको नाम घोक्नुपर्ने छ । यस्तो अवस्थामा ती दसवटा नाम शरीरका अङ्गहरूमध्ये दसवटा नामाकरण गर्ने ?आँखा- न्युटन, मुख- हेनरी, अनि शरीरका अङ्गहरूको नाम अनुसार ती चीजहरूको नाम स्मरण गर्न सकिन्छ ।

रुसमा एक जना सम्वाददाता थिए जसले यो विधिअनुसार हजारौं संख्यात्मक सूत्रहरू वर्षौ सम्म कन्ठ भन्न सक्थे । आफूलाई सजिलो हुने प्रकारले यो विविधअनुसार स्मरण राम्रो बनाउँदै जानुपर्छ ।
सुसंगठन गर्ने वानी, स्मरण प्रक्रिया, एउटा लुगा बुन्ने तानझैं हुन्छ । यसलाई जति राम्रो बुन्यो, मिलायो, खाँद्यो, कपडा त्यति नै राम्रो र बलियो हुन्छ । स्मरण पनि ठीक त्यस्तै हो । यसलाई मिलाउने र खाँद्ने काम विद्यार्थीको हो । जस्तै- ३० प्रकारका नाम घोक्नु वा स्मरण गर्नु छ भने ती नामहरू लहरै घोक्नुभन्दा सुसंगठन गरेर जस्तै- धातु एकातिर, पशु एकातिर, पक्षी एकातिर छुटयाएर घोकेमा स्मरण राख्न सजिलो हुन्छ ।
धेरै बुँदा स्मरण गर्नुपर्दा तिनीहरूको अघिल्लो अक्षरबाट आफूलाई मन पर्ने गीत, नक्सा कविता वा कुनै नौलो नाम बनाई पढे स्मरण दीर्घ हुन्छ ।

कन्ठाग्र गर्ने र अभ्यास गर्ने :-
यो विधि अनुसार पढ्दा ८० प्रतिशतसम्म स्मरण भएको कुरा अनुसन्धानहरूबाट पुष्टि भएको छ । स्मरण बढाउन यो एउटा राम्रो विधि हो । कुनै कुरा पढ्दै जाँदा वा पढिसकेपछि त्यसलाई कन्ठ भन्ने र अभ्यास गर्ने काम गर्नुपर्छ । जति धेरै अभ्यास गर्‍यो स्मरण त्यति नै बलियो हुँदैजान्छ । कतिपय विद्यार्थीले पढ्ने र दोहोर्‍याउने काम लेखेर गर्छन् । यो पनि राम्रो विधि हो ।
बढी सिकाइ :-
कुनै पनि कुराको दीर्घकालीन स्मरण राख्न त्यसलाई पटक-पटक पढ्नु र दोहोर्‍याइरहनुपर्छ । बिनापरिश्रम जान्ने बन्न खोज्नु मूर्खता हो । जहाँ मानिसको बल, बुद्धि, परिश्रम र रुपैयाँ-पैसाको लगानी हुन्छ, त्यहाँ अवश्य सफलता मिल्छ ।

अभिरुचि र सकारात्मक धारणा :-
आफ्नो रुचि नभएको विषयभन्दा रुचि भएको विषय पढ्दा बढी स्मरण हुन्छ । त्यसैले आफ्नो रुचिमा परिवर्तन र परिमार्जन गरी जुनसुकै विषय पनि सुरुचिका साथ पढनुपर्छ । यसका साथै आफूमा भएका नकारात्मक धारणाहरू जस्तै- म कमजोर छु, मेरो स्मरण शक्ति राम्रो छैन, पढेर पनि बुभि+mदैन, पढ्न सक्दिन जस्ता विचारहरू हटाई म केही गर्न सक्छु र ममा त्यो खुबी छ भन्ने मनोबल लिएर पढ्ने बानी बसाल्नुपर्छ । यसले स्मरण शक्ति बढ्दै जान्छ । जुनसुकै विषय पढ्दा पनि सुरुचि र सकारात्मक धारणा हुनु आवश्यक छ ।

प्रतिफल वा इनाम :- मानिसले गर्ने हरेक काममा स्वार्थ जोडिएको हुन्छ । जुन काम गरेर राम्रो र बढी प्रतिफल पाइन्छ, मानिसले त्यही काम गर्छ वा गर्न चाहन्छ । इनामले केटाकेटीहरूलाई मात्र होइन सबै उमेरका व्यक्तिलाई आकर्षण गर्छ । इनाम उमेरअनुसार फरक-फरक हुन्छन् । जस्तै- खेलौना, बिस्कुट, राम्रो कलम, लुगा, घर-जग्गा, सम्पत्ति, राम्रो नाम, इज्जत, परोपकार, सेवा आदि तर उमेर पुगेपछि आफै प्रेरित भै असल र सत्य कुरा पाउनेछु भन्ने विचारका साथ अघि बढ्नुपर्छ ।

शारीरिक स्वास्थ्य :- स्मरण शक्ति बढाउन शरीर स्वस्थ राख्नुपर्छ । शरीर स्वस्थ राख्न खानपान, बानी-व्यवहार तथा रहनसहनले पनि ठूलो भूमिका खेल्छ । स्वस्थ शरीरले मात्र परिश्रम गर्न सक्छ । ध्यान दिन सक्छ र बुद्धि प्रयोग गर्न सक्छ, एउटा रोगी, अस्वस्थ र कमजोर व्यक्तिले परिश्रम गर्न सक्दैन, साथै उसको ध्यान अध्ययनमा भन्दा शरीरमै केन्दि्रत हुन्छ ।

अठोट :- यो एउटा मनोवैज्ञानिक बल हो । जहाँ मनोबल र दृढ इच्छा हुन्छ त्यहाँ सफलता पनि हुन्छ । किनभने दृढ इच्छा भएका व्यक्तिहरूले त्यसैअनुसार मेहनत पनि गर्छन् । तर यस्तो लक्ष्य वा अठोट धेरै व्यक्तिमा हुँदैन । प्रेरणा पाएका वा चोट परेका व्यक्तिहरूले यस्तो निर्दिष्ट अठोट लिएका हुन्छन् तर पनि अन्त्यसम्म थोरै व्यक्ति मात्र स्थिर रहन्छन् । किनभने धेरैले बीचमा पुगेर हरेस खान्छन् । बाटो छोड्छन् र लड्छन् । यदि तपाईंमा स्मरण बढाउँछु भन्ने अठोट छैन भने अब यसका निम्ति पनि अठोट गर्नुहोस् ।

लक्ष्य :- जीवनमा लक्ष्य हुनुपर्छ । लक्ष्यले मानिसलाई लगनशील बनाउँछ । लक्ष्य बनाउँदा वा राख्दा अरू थुप्रै कुराहरूमा पनि ध्यान दिनुपर्छ, जस्तै- आफ्नो खुबी, समय, परिस्थिति र कमजोरीहरू, जब कुनै लक्ष्य राख्नुहुन्छ तब त्यसलाई पूरा पनि गर्नुहोस् । किनभने कुनै पनि काम प्रारम्भ गरेर पूरा नगर्नुभन्दा गर्दै नगर्नु असल हो ।

Jun 1, 2013

घरको सम्झना

जीवन भोगाई

    नजिकमा हुँदा महत्व नै नहुने अनि जब टाढा हुँदा आँखाबाट आँसुनै नटुट्ने ।  वास्तविक माया ,स्नेह अनि सहानुभुतिलाई सहि समयमा चिन्न नसक्नु जस्तो ठुलो पश्‍चाताप सायद अरु हुँदैन होला । जब हाम्रो सामु हामिलाई माया गर्ने घर परिवार छरछिमेक साथि भाई अनि सुभचिन्तक हरु हाम्रो आँखाको सामुन्ने हुन्छ त्यतिखेर हामीलाई त्यसको त्यति महत्व हुदैन अनि यो जीबन सहज अनि रमाइलो रुपमा लिन्छौ अनि कहिल्यै जीवनमा आउनसक्ने उताडचडाप अनि एक्लो पन बारेमा कहिलै पनि सोच्दैनौ। आमा बाबु अनि घर परिवारका सदस्यको सल्लाह अनि अर्तिबुद्धि हाम्रा लागि वाइयात लाग्छन। त्यो भन्दा पनि राम्रो अनि जीबन यस्तै सहज छ भन्ने मनगडन्ते सोच लिएर अगाडि बढ्छौ अनि त जीबनमा पहिलो झड्का अनि चोट पर्छ बल्ल ति सबै पुराना दिन हरुको याद आउन थाल्छ । राम्रो अनि सुखसयल र सम्पन्नताको खोजीमा अगाडी बढेका हाम्रा पाहिलाहरु जब अगाडी पुगेर जीबनका २/४ चोट अनि ठक्कर मात्र भेट्छ अनि अरु केहि भेट्दैनौ र फर्किएर फेरी त्यही पुरानै ठाउंमा आफ्नत र समाजमा सहानुभुतिका लागि आउँछौं तर त्यति बेलासम्म त्यो मायाँ ममतामा र सद-भावनामा केहि चिसोपन अनि कृतिमता आउन  थालिसकेको हुन्छ अनि पहिले जस्तो प्राकृतिक र निश्वार्थ मायाको अभाबमा यो मन छट्पटिन थाल्छ। 
              आज धेरै याद आइरहेको छ, त्यो घर, त्यो गाउँ, ति आफन्त…. त्यसो त अरुबेला याद आउंदै नआउने होइन तर आज सँधैको भन्दा अलि धेरै…. दन्दनी ज्वरो,, म एक्लै आफ्नो रुममा ढलिरहेको छु, अनि सोंचीरहेको छु, यदी म आफ्नै घर गाउँमा हुन्थें भने सबैले मेरो ख्याल गर्थे…. तातो चिसो,, ओल्लो घर पल्लो घर,, बिरामी हुँदापनि राम्रै लाग्थ्यो, छरछिमेकी आफ्ना आफन्त यति धेरै सबैले मेरो ख्याल गरिरहेका हुन्थे, तर यहाँ………………………….कसले कसलाई हेर्छ, आफुलेनै आफुलाई हेर्नु पर्ने हुन्छ, हरेक दुखलाई आफैले झेल्नपर्ने पर्छ, को संग समय हुन्छ र अर्कालाई दिने, सबै कमाउनकै लागी आएका हुन्छन, सबै आ-आफ्नै काममा ब्यस्त,यहाँ त रुन पनि एक्लै पर्छ, अनि सम्झिन र बुझ्न पनि आफै पर्छ, जति बेला हामीहरु केवल आफ्ना आफन्तहरुकै याद गर्दै रुन्छौँ, सबैले यस्तै देख्छन तर यसको लागि हामीहरुले के-के गुमाई रहेका छौं यो कसैले देख्दैन, एक्लोपनको दुखाई यहाँ दुख्‍नेलाई मात्रै थाहा ।

May 24, 2013

बिर्सन खोजिएको यथार्थ

                                   सशस्त्र द्धन्द्ध र पाल्पा
सशस्त्र  द्धन्द्ध शुरुवात  भएको करिव ५/६ वर्षपछि पाल्पा जिल्ला मा पनि यसको प्रभाव देखिन थाल्यो । माओवादीले मित्याल गाविस भवनलाई ध्व्स्त पारेपछि आफ्नो गतिविधिमा तिव्रता दिन थाल्यो । यसै गरि सुरक्षाकर्मीले माओवादीका जिल्ला जनसरकार प्रमुख केवल गाहामगरलाई २०५८ पुस ४ गते गोलि हानि हत्या गरे भने सोहि स्थानकै मानबहादुर गाहा मगरलाई २०५८ फागुन ३ गते हत्या गरे ।  सशस्त्र द्दन्द्दका क्रममा सुरक्षाकर्मीको गोलि लागेर र बिष्फोटनमा परेर पाल्पाका १३ बालवालिकाले ज्यान गुमाए। माओवादीले निजि विध्यालय बन्द गर्न वारम्वार धम्की दिईरहे भने सरकारी बिध्यालय माथी आम हड्ताल घोषणा गरी पठनपाठन अबरुद्ध पारियो । सरकारी काम कारबाही निष्प्रभावी रहे ।ग्रामिण तहमारहेका सुरक्षा चौकीहरु जिल्ला प्रहरी कार्यालयमा केन्द्रित गरिए । बिकासका गतिबिधी ठप्प भए । गाऊ बिकास समितिका कार्यालयहरु बन्द भए । गाऊ परिषद हुन सकेन  र भएका परिषद पनि जिल्लामा कागजीरुपमा मात्र मिलाईयो ।माओबादीको धम्की र त्रासका कारण गा.बि.स.सचिवहरु गाऊ छोडी सदरमुकाम तानसेन बस्दा स्थानिय बासिनदाले पाएका असुबिधा बर्णन गरी साध्य छैन । राज्यको तर्फबाट सुराकीको आरोपमा बिनाकारण ब्यक्ति हरु गिरफतार गर्ने , थुन्ने र यातना दिने काम भयो । सर्वसाधरण बाटोमा हिड्दा पनि बिनाकारण सुरक्षाकर्मी तथा माओवादीको गोलि ,कुटाई तथा यातना भोग्न बाध्य हुनुपर्यो । आफ्नो पकट क्षेत्रमा राज्य तथा माओवादी को दादागिरी द्धन्द्ध अवधिभर ब्यापक रह्यो ।
                        सशस्त्र द्धन्द्धमा ज्यान गुमाएका झडेवा बासी नागरिकहरु:
नाम थर
ठेगाना
घटना मिति
घटना स्थल
कुश बहादुर गैरे
झडेवा ८, पाल्पा
२०५९ बैसाख १२
भुवनपोखरी पाल्पा
रवि कुमार थापा
झडेवा ६, पाल्पा
२०५९ असार १
आफ्नै घर
मोहन ओझा
झडेवा १, पाल्पा
२०६१ कार्तिक २५
नवलपुर नवलपरासी