हावामा सर्टिफिकेट
"कहिले राजधानी धाउछु कहिले घर पुग्छु, कहिले काहां हुन्छु कहिले यहि रहन्छु! कुन बेला कुन चिजको खाचो पर्छ भन्नै सकिँदैन।" एकाएक सुनिल एक्लै भुत्भुताइरहेका भेटिए।
" भएको चाहि के हो?" मैले प्रश्न तेर्साए। उनको मनको फेहरिस्त बुझ्दा पत्ता लाग्यो बल्लतल्ल साथि लाई राजी गराएछन्।बिदेशबाट पैसा आएछ। त्यो पैसालिन नागरिकताको फोटोकपि चाहियो रे! काहाँबाट नागिकता पाउनु! घर तिरै छाडेर राजधानि भित्रेको तीन महिना टेकिसकेको थियो।प्राइभेट क्यामपसको जागिर छाडेर पी.एच.डी. गर्ने कोसिस गरिरहेका थिए।सफलता हात परेको थिएन। कसै गरेर साथिहरुसँग आर्थिक सहयोग जुटाएर काठमाण्डौ टिक्ने ध्याउन्नमा थिए। बिदेशमा बस्ने साथिको नामबाट पैसा आएको थियो। पैसा निस्कन सकेको थिएन। घर पुगेर नागरिकता लिएर फर्किदा, आएको पैसा पनि फर्किन सक्ने प्रवल सम्भावना थियो।
मैलेपनि कुनै सल्लाह दिन सकिरहेको थिएन। हामि दुवै मौन थियौँ। हठात् भरत जिको प्रवेश भयो। उनको समेत वस्तुस्थिति र परिस्थिति बुझे र एक्कासि आवाज निकाले, हम अपन सर्टिफिकेट सभ हावामा राखे छी।जखन काज परते ,तखन फोटोकपी निकालै छिए।" (मैले त आफ्ना प्रमाण पत्रहरु हावाँमा राखेको छु। जहिले काम पर्छ, त्यहिले फोटोकपी निकाल्छु ।)
अरु कुरा सोध्न सकिएन । उनि दौडिहाले। दिमाखमा तरङ्ग ल्याइदिए। हावामा प्रमाण पत्रहरु कसरी राख्ने होला ! प्रश्न तेर्सियो । खोजयात्रामा ननिस्किकनै सुख पाइएन । विश्वविद्यालयमा पुगेर पहिले बुझाएको फोटोकपि मागी त्यसैको फोटोकपी गरी काम चलाइयो।
सुनिलले पैसा हातमा परेपछि हामि दुवैका सम्पुर्ण कागजपत्र मगाए। ति पाँच दिनमा राजधानिमा हाम्रो हात परे । अब कसरी हावामा राख्ने? उत्तरविहिन प्रश्न मडारिरहन्थ्यो। बब्लुजीलाई उपाय सुल्झाउन कर गरियो, उनले धेरै भन्नै चाहेनन्। केवल यति भनिदिए,"विज्ञान आ प्रविधिके ईस युगमे सभ टन्सन दुर भ'जेतै। ओकर उपयोग करबाक चाहि।" ( बिज्ञान र प्रविधिको यस युगमा सबै टेनसन हल हुन्छन्। त्यसको उपयोग गर्नुपर्छ।)
वास्तवमा हातहातमा विज्ञानप्रबिधिको सुबिधा पुगेको छ। उपयोग गर्न जान्ने मालामाल भएको छ। नजान्ने पछि परेको छ। कोठामा बसोबसि संसारभर घुम्ने र जागिर खाई पैसा कमाउन सक्ने क्षमता पनि मान्छेमा नै विकसित भएको। नजान्ने र सहि उपयोग नगर्ने मान्छे , सानोतिनो समस्याबाट समेत पार पाउन सकिरहेको छैन।
हामी गन्थन गर्दा भयौं। अन्त्यमा थाहा पाईयो-स्कयानिङ्ग गरेर कागजपत्रहरु इमेलमा राख्ने र चाहिएको बेला प्रिन्ट गरि काम चलाउने !
हावामा सर्टिफिकेट राख्ने कुराको रहस्य बोध हुदाँ पी.एच. डी. को विद्यार्थी बन्न लागेका हामी दुवै मुखामुख गर्न थाल्यौं। अवोध बालकझै भएको महसुस गर्न थाल्यौ।