नेपाल सरकार वैधानिक कानुन भनिने यस संवैधनिक लिखतमा जम्मा ६ भाग र ६८ धारा र १ अनुसुचिको ब्यवस्था गरिएको थियो। यो संविधानको प्रस्तावमा समविधनको स्रोतको रुपमा श्री ३ को नाम उल्लेख गरिएको र संविधान जारी गर्नुको उद्देश्यमा श्री पशुपतिनाथद्वारा सुरक्षित एवं संरक्षित यो पृष्ठभुमि नेपाललाई विश्वको विकासित एवम अग्रामी मुलुकहरुको दाजोमा पुय्याउन सामाजिक ,आर्थिक एवम राजनितिक सबै सुधार गर्ने इच्छा व्यक्त गरिनुको साथै उद्देश्य प्राप्ती गर्ने साधनको रुपमा पञ्चायत प्रणालि तथा सोही अनुसारका संस्थाहरुको विकास गरी प्यारा मुलुकवासीहरुलाई राज्य प्रणालीको हरेक अङ्गमा बढि भन्दा बढि मात्रामा सामेल गराउने निति स्पष्ट गर्न खोजिएको थियो।यो संविधान बि.सं. २००५ वेसाख १ गते देखी जारी हुने तथा संविधानका सबै दफाहरु दबै ठाउँमा एकैपटक लागु नगर्न पनि सकिने तर,वि.सं. २००५ को अन्तयसम्ममा सबै दफाहरु मुलुकभर जारी भईसक्ने कुरा यसको भुमिका खण्ड अर्थात भाग-१ मा उल्लेख गरिएको थियो।
यसको प्रारुप प्रधानमन्त्री पद्दमशमशेरको पालामा तयार गरिएको थियो। यो संविधान तयार गर्न श्रीप्रकाश, रामउग्रसिंह र रघुनाथ सिंहजस्ता संविधान विशेषज्ञ बोलाईएको थियो । उनीहरुद्वारा बनाईएको मस्यौदा पूर्ण प्रजातान्त्रिक थियो। यस संविधानमा व्यापक परिवर्तन गरेर २००५ वैसाख १ गतेदेखि लागू हुने गरी नेपाल वैधानिक कानून,२००४ घोषणा गरिएको थियो। यो संविधानका बिषेशताहरु निम्नानुसार थिए:-
नेपालको प्रथम वैधानिक कानून ,
- श्री ५ माहाराज, दुई सदनात्मक व्यवस्थापिका (राष्टियसभा र भारदारी सभा),
- मौलिक हक र कर्तव्यको व्यवस्था,
- प्रधानमन्त्रीद्वारा घोषित संविधान ,
- कार्यपालिकाको व्यवस्था,
- पञ्चायतका विभिन्न इकाईहरुको व्यवस्था,
- माहालेखा परिषद, दर्खास्त परिषदको व्यवस्था,
- नि:शुल्क अनिवार्य प्राथमिक शिक्षाको व्यवस्था,
- श्री ३ बाट मुलुकमा शान्ति सुरक्षा कायम गर्न अस्थायी कानून जारी गर्नसक्ने अधिकारको व्यवस्था, आदि।