जीवन भोगाई
नजिकमा हुँदा महत्व नै
नहुने अनि जब टाढा हुँदा आँखाबाट आँसुनै नटुट्ने । वास्तविक
माया ,स्नेह अनि सहानुभुतिलाई सहि समयमा चिन्न नसक्नु जस्तो ठुलो पश्चाताप सायद अरु हुँदैन होला । जब
हाम्रो सामु हामिलाई माया गर्ने घर परिवार छरछिमेक साथि भाई अनि सुभचिन्तक हरु हाम्रो आँखाको सामुन्ने हुन्छ त्यतिखेर हामीलाई त्यसको त्यति महत्व हुदैन अनि यो जीबन सहज अनि रमाइलो रुपमा लिन्छौ अनि कहिल्यै जीवनमा आउनसक्ने उताडचडाप अनि एक्लो पन बारेमा कहिलै पनि सोच्दैनौ। आमा बाबु अनि घर परिवारका सदस्यको सल्लाह अनि अर्तिबुद्धि हाम्रा लागि वाइयात लाग्छन। त्यो भन्दा पनि राम्रो अनि जीबन यस्तै सहज छ भन्ने मनगडन्ते सोच लिएर अगाडि बढ्छौ अनि त जीबनमा पहिलो झड्का अनि चोट पर्छ बल्ल ति सबै पुराना दिन हरुको याद आउन थाल्छ । राम्रो अनि सुखसयल र सम्पन्नताको खोजीमा अगाडी बढेका हाम्रा पाहिलाहरु जब अगाडी पुगेर जीबनका २/४ चोट अनि ठक्कर मात्र भेट्छ अनि अरु केहि भेट्दैनौ र फर्किएर फेरी त्यही पुरानै ठाउंमा आफ्नत र समाजमा सहानुभुतिका लागि आउँछौं तर त्यति
बेलासम्म त्यो मायाँ ममतामा र सद-भावनामा केहि चिसोपन अनि कृतिमता आउन थालिसकेको हुन्छ अनि पहिले जस्तो प्राकृतिक र निश्वार्थ मायाको अभाबमा यो मन छट्पटिन थाल्छ।
आज
धेरै याद आइरहेको छ, त्यो घर, त्यो गाउँ, ति आफन्त…. त्यसो त अरुबेला याद आउंदै नआउने होइन तर आज सँधैको भन्दा
अलि धेरै…. दन्दनी
ज्वरो,, म
एक्लै आफ्नो रुममा ढलिरहेको छु, अनि
सोंचीरहेको छु, यदी म आफ्नै घर गाउँमा हुन्थें भने सबैले मेरो ख्याल गर्थे…. तातो
चिसो,, ओल्लो
घर पल्लो घर,, बिरामी हुँदापनि राम्रै लाग्थ्यो, छरछिमेकी
आफ्ना आफन्त यति धेरै सबैले मेरो ख्याल गरिरहेका हुन्थे, तर
यहाँ………………………….कसले कसलाई
हेर्छ, आफुलेनै
आफुलाई हेर्नु पर्ने हुन्छ, हरेक दुखलाई आफैले झेल्नपर्ने पर्छ, को संग
समय हुन्छ र अर्कालाई दिने, सबै कमाउनकै लागी आएका हुन्छन, सबै
आ-आफ्नै काममा ब्यस्त,यहाँ त रुन पनि एक्लै पर्छ, अनि
सम्झिन र बुझ्न पनि आफै पर्छ, जति बेला हामीहरु केवल आफ्ना आफन्तहरुकै याद गर्दै रुन्छौँ, सबैले यस्तै
देख्छन तर यसको लागि हामीहरुले के-के गुमाई रहेका छौं यो कसैले देख्दैन, एक्लोपनको
दुखाई यहाँ दुख्नेलाई मात्रै थाहा ।