मैले भुझेको जीवन
जीवन आशा हो । जीवनमा जव सम्म आशा जिबित रहन्छ तब सम्म मानिसलाई बाच्न र जीवनमा केहि गर्न उर्जा प्राप्त भई नै रहन्छ। तर जीवनमा जव आशा को समाप्ति वा क्षय हुन्छ तव मानिसका जीवनका सबै लक्ष्य ,उद्देश्य ,सपना ,अठोट अनि विश्वास डग्मगाउन थाल्छ । यो मानव जीवन पनि कति अच्चमको छ क्षण भरमै जीवनमा आशाको प्रादुर्लाभ हुन्छ अनि क्षण भरमै समाप्त हुन्छ । यद्धपि जीवनको यात्राले जस्तो सुकै मोड लिए पनि यो समयमा मानिसलाई धैर्यता अनि संयमताको अत्यन्तै आवश्यकता हुन्छ । आशाहरु जीवनमा पलाउछन अनि योजना र उज्जवल भविष्यको कल्पनामा मानिस बहकिन थाल्दछ । भाग्य अनि कर्मको खेलमा मानिसले अनेकौ आरोह र अवरोहको सामना गर्नु पर्ने हुन्छ । काधमा जिम्मेवारी , हृदयमा समझदारी अनि मनमा ईमान्दारिता का साथ यो जीवनलाई फुलाउन अनि उज्जवल बनाउनका लागि अहोरात्र खट्नु पर्ने हुन्छ । यस समयमा जसरी खटिरहेको छ सम्भत त्यो नै उज्जवल अनि सफल भविष्य प्राप्तिको लागि एक कोषे ढुङगा साबित हुन्छ । हिजोको दिनमा जस्तो खालको जिम्मेवारी अनि अवस्था थियो आज त्यो अवस्था र समय परिर्वतन भएका छन , हिजो को रणनितिलाई परिवर्तन गरि अलिकति समयानुकुल बनाएर आगाडि बढ अनि हेर.... आगामि दिनमा आशाहरु कसरी फुल्छन अनि ओइलिन्छन............!!!!!!
े