Apr 6, 2013

परिचय




    पाल्पा जिल्ला सदरमुकाम तानसेन देखी करिव २४ कि.मि। पूर्वमा पर्ने झडेवा गा.वि.स.प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको छ।यस गा.बिस को बिषेशता का रुपमा यस क्षेत्रमा रहेको झडेवा फाट, मालिका देवि मन्दिर ,दानसिँङ डाडा गुफा, योग्यश्वर मौलाथर कोट बिषेश मानिन्छ। हरेक वडा दशैँमा मेला लाग्ने कोट थान अनि प्रत्येक मंसिर पुर्णिमाको दिन मेला लाग्ने मालिका देबि अनि ईतिहासिक दानसिँङ डाडा गुफाले यस गाविसको बिशेष स्वभाह थपेको छ। शैक्षिक हिसाबमा यस ठाउका मानिसहरु अगाडि नै रहेको मानिन्छ। गाबिसका हरेक वडाहरुमा १/१ वटा प्राथमिक बिद्यालय रहेका छन भने वडा नं २ मा एउटा माध्यमिक बिद्यालय र वडा नं ९ मा एउटा स्नातक सम्मको पढाई हुने क्यामपस रहेको छ। पेशाका हिसाबमा यस ठाउका मानिसको मुख्य पेशा कृषी नै भएपनि वैदेशिक रोजगार तथा सेना प्रहरीमा भर्ति हुने तथा केहिले निजामति सेवामा जागिर गर्नेहरुको संख्या पनि धेरै नै रहेको छ। बसोवासका हिसाबमा माथिल्लो भागमा मगर तथा अन्य जातिहरुको बसोवासरहेको छ भने तल्लो फाट तथा बेसि तिर अधिकांश ब्रामहण जातिको बसोबास रहेको छ। जातिय हिसाबमा जो जो जे जे भएपनि यहाँका मानिसहरुमा आपसि भाईचारा र सहयोग आदान प्रदान भने भैरहेको पाईन्छ।