Apr 9, 2013

कबिता


            आमा ! तिमी नरुनु है ।

आमा ! तिमी नरुनु है दु:ख कष्ट पर्दामा
अश्रुधारा नबगाउ है एउटा छोरा मर्दामा
छोरो मर्यो अमर भयो देशको पीडा टार्ने छ
देशको लागि आहुति त्यो रातलाई दिन पार्ने छ ।

        देशको मुहार फेर्नलाई सधै अघि बढ्नेछ
गास अनि बास छाडि ज्यान फालि डट्नेछ
हट्ने छैन पछी कैले जङ्गी निशान उचाली
लड्छ, डट्छ अघि बढ्छ बन्छ वीर नेपाली ।

नरोउ मेरी आमा तिमी ! नभिजाउ त्यो सिरानि
कोइलाबाटै बन्न सक्छ  चम्कने त्यो हिरा नि !
भोलि देशको  इतिहासले लेख्ने छ कहानी
हटि जान्छ अध्यारो त्यो आउछ पक्कै बिहानी ।

आमा ! तिमी नरुनु  है दु:ख कष्ट पर्दामा
अश्रुधारा नबगाउ है एउटा छोरो मर्दामा ।