Apr 9, 2013

गुलाव बारे रोचक प्रसंग

हामीलाई मन पर्ने बासना गुलाबमा 
गुलावको बासना कसलाई पो मन नपर्दो हो । आज वैज्ञानिकहरुले एउटा यस्तो विधिको विकास गरेका छन जसबाट हामिहरु आफुलाई मन पर्ने  बासना गुलावको फूलमा पाउँछौ । 
            फ्लोरिडाका वैज्ञानिकहरु जेनेटिक ईन्जिनियरिङको प्रविधि बिकास गरि गुलावका दोस्रो फूलहरुको सुगन्ध एवंम बासना उत्पन्न गर्ने प्रयासमा जुटेका छन । यति मात्र नभई यदि हामिहरु गुलावको फूलमा आफूलाई मन पर्ने फूलको बासना पाउन चाहन्छौ भने त्यो पनि पाउन सकिनेछ । खोजको दौरानमा फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहरुले गुलावमा त्यो वंशाणुको पहिचान गरे जसले बासना उत्पन्न गर्ने काम गर्दछ ।वैज्ञानिकहरुले के मान्दछन भने यो जीनमा परिवर्तन गरी बासनालाई बदल्न सकिन्छ । 
            गुलावमा नया प्रकारका वासनाहरु विकसित गर्ने क्षेत्रमा जुटेका वैज्ञानिक डेविड क्लार्क के भन्दछन भने विभिन्न खालको जीवहरुको वनोट परिवर्तन गरि विभिन्न खालका बासनाहरु उत्पन्न गर्न सकिन्छ ।निकट भविष्यमा उनका अनुसार विभिन्न वासना पैदा गर्ने गुलाबको फुल बजारमा  आउदैछ ।