Apr 8, 2013

आजको प्रविधि

माउसको काम अव आखाले गर्ने
आजको युग विज्ञान र प्रविधिको युग हो । त्यसमा पनि कम्पयुटर प्रविशधिले नुक्कै ठुलो फड्को मार्दै गइरहेको हामी सामु छर्लङ् नै छ। पहिले पहिले अचम्म लाग्ने कुराहरु अब सामान्य बन्दै जान थालिसकेको छ। प्रविधिको विकाससँगै त्यसको नराम्रो पक्ष पनिहरु पनि त्यति नै धेरै हुने गरेको छ । तर , जसले त्यसको सहि स्थानमा सहि किसिमले सदुपयोग गर्न जान्दछ, पक्कै पनि उसले गरेका हरेक कार्यहरु सफलनै हुदै जान्छन् । यसको उदाहरणको रुपमा पछिल्लो समयमा बिकास भएको "आई ट्रयाकीङ्ग " लाई लिन सकिन्छ। 
                बिभिन्न प्रविधिहरुको विकास कम्पयुटर इन्जिनियरहरुले आएता पनि अहिले यस्तो प्रविधिको विकास गरेका छन जसले गर्दा माउसको काम नै आखाले गर्न सक्छ । इन्जिनियरहरुले खोज गरेको उक्त डिभाइसको नाम "आई ट्रयाकीङ्ग" हो जसलाई कम्पयुटरको सफ्टवयरको मद्दतले जोडिन्छ  र डुभाइसमा भएको क्यामराले आखाको मुभमेन्टको आधारमा कम्पयुटरमा रहेको माउसको क्रस चलाउन सहयोग गर्छ । आखा झिम्काउदा क्लिक हुने गरी यो प्रविधि तयार गरिएको छ । 
इम्पोरियर कलेज अफ लण्डनका खोजकर्ताहरुले यो डिभाइसको नाम 'जिटी ३ डी' दिएका छन । यो डिभाइसको मुल्य अहिले ४१ डलर भन्दा कम पर्ने र धेरै उत्पादन हुने हो भने यसको मुल्य अझै घट्ने खोजकर्ताहरुले जानकारि दिएका छन ।